सोमबार, पुष २९, २०८१
19:16
|
०१:०१
काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान विजयी, रविन्द्र मिश्र फेरि पराजित
नेपाली लिङ्क
नोभेम्बर २१, २०२२
काठमाडौँ – काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।
मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेको स्रोतले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ