युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति



तस्बिर- एएफपी
किभ—रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति चारमहिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केहीदिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन्।
इस्तानबुलमा टर्कीसहित रूस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौता कार्यान्वयन गराउन राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको गुटरेसले बताए ।
महासचिव गुटरेसले अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा गरेको घोषणा तथा पुरानो सम्झौताको निरन्तरताबारे रुसले तत्काल केही जानकारी दिएको छैन ।
युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर युद्धविभिषिका चर्काएको छ ।
किएभको सैनिक प्रशासनले दुईवटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँचवटा मानवरहित विमान खसालेको बताएको छ ।
स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बढाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५