बिहीबार, फागुन १५, २०८१
सोमाली आतङ्ककारी हमलामा जनवरीयता ६०० बढी सर्वसाधारण मारिए


रासस-सिन्ह्वा
नोभेम्बर १४, २०२२
मोगादिसु । सोमालियामा यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तिमा ६१३ सर्वसाधारणको मृत्यु भएको छ भने ९४८ जना घाइते भएका छन् ।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले सोमालियामा अल-शबाब समूहले गरेको आक्रमणका कारण सर्वसाधारणको ज्यान गएको बताएका छन् ।
बढ्दो यस्ता गतिविधिले मानवअधिकार र मानवीय अवस्थालाई अझ गम्भीर बनाएको उल्लैक गरेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार अधिकांश हताहतहरू विस्फोटक उपकरणका कारण भएका छन् तीमध्ये कम्तिमा ९४ प्रतिशत यस्ता घटनामा अल-शबाबलाई जिम्मेवार ठहराइएको छ।
यसैगरी अन्य हताहतीहरू अल-शबाब आत्मघाती बम विस्फोटको कारण रहेको पनि बताइएको छ । टर्कले द्वन्द्वका सबै पक्षहरूलाई अन्तरराष्ट्रिय मानवीय कानुन अन्तर्गत आफ्नो दायित्व पूरा गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५