बिहीबार, फागुन १५, २०८१
एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण


रासस
नोभेम्बर १३, २०२२
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ ।
एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।
जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनए कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिइन् । एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ ।
एनआरएनएले २०७२ सालको गोरखा भूकम्पबाट पीडितलाई विभिन्न जिल्लामा सहयोग गरेको थियो । यही कात्तिक २२ गते गएको भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५