बिहीबार, फागुन १५, २०८१
अमेरिकी मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याट, सदनमा अनिर्णित


रासस/एपी
नोभेम्बर १३, २०२२

तस्बिर एपी
वासिङटन, २७ कात्तिक–अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ । योसँगै उक्त दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ ।
नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्र्याटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ । सिनेटमा अब डेमोक्र्याटसँग ५० सिनेटर भएका छन्भने रिपब्लिकनका ४९ जनामात्र छन् ।
प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको । यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ ।
पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले दुई सय ११ स्थान जितेको छ भने डेमोक्र्याटिक पार्टी दुई सय चार सिटमा विजयी भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५