शुक्रबार, पुष २६, २०८१
भारतमाथि शानदार जीत निकाल्दै इंग्ल्यान्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
नेपाली लिङ्क
नोभेम्बर १०, २०२२
लन्डन—अष्ट्रेलियामा जारी टी-२० विश्वकपको प्रमुख दाबेदार भारतलाई हराउँदै इंग्ल्याण्ड फाइनल प्रवेश गरेको छ।
विहीबार सम्पन्न सेमिफाइनलमा इंग्ल्यान्डले भारतमाथि १० विकेटको फराकिलो जीत निकाल्दै फाइनल यात्रा तय गरेको हो।
टस जितेर इंग्ल्यान्डले पहिलो फिल्डिङ गरेपछि ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा विकेट गुमाउँदै १ सय ६८ रनमा समेटिएको थियो।
१ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले २४ बल बाँकी रहंदै पूरा गरेको हो। बिना कुनै विकेटको क्षतिमा लक्ष्य भेटाउंदा इंग्ल्यान्डको लागि एलेक्स हेल्सले ८६ र जोस बटलरले ८० रनको अविजित योगदान गरेका थिए।
उपाधिको प्रमुख दाबेदार भारतलाई पाखा लगाएपछि इंग्ल्यान्डले फाइनलमा पाकिस्तानको सामना गर्नेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५