डोटीका भूकम्प पीडितलाई अफ्रिकामा राहत संकलन


लेगोस (नाइजेरिया) । सुदूर पश्चिमको डोटी लगायतका जिल्लामा हालै गएको भूकम्पबाट मृत्यु हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका लागि अफ्रिकाका गैरआवासीय नेपालीहरुले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन् ।
गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा सुरु गरिएको अभियानमा गैरआवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउन्डेसन युगाण्डा र पदम एन्ड शान्ति भण्डारी फाउन्डेसन बोत्स्वानाले सहयोग गरेका छन् ।
युगाण्डाको सबै भन्दा ठूलो औद्योगिक घराना रुपारेलिया ग्रुपका अध्यक्ष तथा युगाण्डाका लागि नेपालका मानार्थ दूत डा. सुधीर रुपारेलियाले रुपारेलिया फाउन्डेसनमार्फत पांच हजार अमेरिकी डलर सहयोग गरेका छन् ।
यसैगरी एनआरएनए नाइजेरियाले एक लाख नेपाली रुपैयाँ र बोत्स्वानास्थित पदम एन्ड शान्ति भण्डारी फाउन्डेसनले ५०१ अमेरिकी डलर सहयोगको प्रतिबद्दता गरेका छन् ।
थापाका अनुसार सहयोग संकलन यथाशिघ्र गरिने र धनगढी स्थित ह्य्मानिटी फाउन्डेसन नेपाल र टीकापुर सरोकार समूहको सहयोगमा पीडितलाई राहत हस्तान्तरण गरिनेछ ।
सहयोग राशी पुरै स्थानिय निकायको उपस्थितिमा पीडितले पाउनेछन् र स्थानीय प्रशाशनिक खर्च सहयोगी संस्थाहरुले बेहोर्नेछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५