बिहीबार, फागुन १५, २०८१
गिनी सडक दुर्घटनामा २२ को मृत्यु


रासस-सिन्ह्वा
नोभेम्बर ७, २०२२
कोनाक्री । पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।
किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको संक्रमणकालीन सरकारले जानकारी दिएको छ ।
विशेष सेवाहरु शोकसन्तप्त परिवारहरूलाई सहयोग प्रदान गर्न परिचालन गरिएको छ । सरकारले किन्डिया क्षेत्रीय अस्पतालमा घाइतेहरूको उपचार गरिरहेको सरकारी प्रवक्ता ओस्मान गौअल डायलोले बताए ।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५