बिहीबार, फागुन १५, २०८१
रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार


रासस/एपी
नोभेम्बर ६, २०२२

तेहरान, २० कात्तिक–इरानले युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको स्वीकार गरेको छ । इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको शनिबार बताएका हुन् ।
तेहरानले मस्कोलाई ड्रोन आपूर्ति जारी राखेको पश्चिमा राष्ट्रहरूको आरोपको खण्डन गर्दै तिनको प्रयोग युक्रेनी ऊर्जा केन्द्र र नागरिक पूर्वाधारहरूमा लक्ष्यित भए नभएको यकिनका साथ भन्न नसकिने स्पष्ट गरे ।
“युक्रेन युद्धमा इरानले रूसलाई क्षेप्यास्त्र र ड्रोन उपलब्ध गराएका आरोप निराधार हुन्,” विदेशन्त्री अमीराबडोल्लाहियानलाई उद्धृत गर्दै सरकारी समाचार समिति इर्नाले जनाएको छ ।
यद्यपि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तेहरानलाई झूट बोलेको आरोप लगाउदै किएभमा सेनाले दिनहुँ कम्तीमा १० वटा ड्रोन खसालेका बताएका छन् ।
रूसले आफ्नो देशमा आक्रमण सुरु गरेदेखि नै नागरिक र पूर्वाधारमा आक्रमण इरान निर्मित ड्रोन प्रयोग गरेको दाबी गर्दै युक्रेनी राष्ट्रपतिले घातक ती ड्रोनमध्ये ६०–७० प्रतिशत खसालेको बताएका छन् । इरानी ड्रोन आपूर्तिलाई लिएर बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले गत शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र लेखेर छानबिन गर्न आग्रह गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५