नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा



नयाँदिल्ली वायु प्रदूषणको चपेटामा । तस्विर -सिन्ह्वा
नयाँदिल्ली, २० कात्तिक –भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषण वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ ।
वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ ।
सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेका छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवम् उपचार खोजेका छन् ।
नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । असी प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५