ट्वीटर प्रयोगकर्ताले मासिक शुल्क तिर्नुपर्ने
वार्षिक १३ हजार नेपाली रुपैयाँ


लन्डन । सामाजिक संजाल अन्तर्गतको लोकप्रिय माइक्रो ब्लगिङ सर्च इन्जिन ट्वीटर प्रयोगकर्ताले अब शुल्क तिर्नुपर्ने भएको छ । एकाउन्ट प्रमाणीकरण गरि नीलो टिकमार्क लागेका खातावालाहरुले अब मासिक ८ डलर तिर्नुपर्ने भएको हो ।
नयाँ नियम लागू भएसँगै प्रमाणीकरण भएका ट्वीटर खातावालाहरुले वार्षिक झन्डै १३ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
भर्खरै मात्र ट्वीटरका मालिक बनेका एलन मस्कले सो घोषणा गरेका हुन् । मस्कले अक्टोबर २८ मा ४४ बिलियन डलर भुक्तानी गरेर ट्वीटर आफ्नो स्वामित्वमा लिएका थिए ।
विश्वकै धनी तथा अमेरिकी अर्बपति एलन मस्कले ट्वीटर खरिद प्रक्रियामा सहमति भएपछि बर्ड इज फ्री (चरो स्वतन्त्र भयो) भनेर ट्वीटरमा लेखेका थिए । आफ्नो स्वामित्वमा आउनासाथ यसमा व्यापक परिवर्तन गरिने उनले बताएका थिए ।
नक्कली खाता नियन्त्रण गर्ने उद्देश्यले यसमा परिवर्तन गर्ने उनको लक्ष्य भएअनुरुप मासिक शुल्क भुक्तानी गर्नुपर्ने नियम लागू गरिएको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५