सोमबार, पुष २९, २०८१
03:02 | ०८:४७

जेलबाट छुटेका पूर्वराष्ट्रपति लुला ब्राजिलको राष्ट्रपति निर्वाचित

रासस/एपी अक्टोबर ३१, २०२२

तस्विर एपी

साओ पाउलो, १४ कात्तिक –ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन् । देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति लुलालाई विश्वका नेताहरूले बधाई दिएका छन् भने उनका प्रतिद्वन्द्वी बोल्सोनारोले सार्वजनिक रूपमा निर्वाचन स्वीकार गरिनसकेका नेता लुलाले बताएका छ् ।

यहाँ भएको विजय जुलुसमा समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले उक्त जानकारी दिएका हुन् । “आज एकमात्र विजेता ब्राजिलका जनता हुन्, राजनीतिक दल, व्यक्तिगत स्वार्थ र विचारधाराभन्दा माथि उठेर लोकतन्त्रको विजय होस् भन्ने हाम्रो चाहना नै लोकतान्त्रिक आन्दोलनको विजय हो,” उनले आफ्नो जितको श्रेय जनतालाई दिँदै विजय जुलुसमा भने ।

सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय भोग्न वाध्य भएका थिए । साथै उनलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । पाँच सय दिनभन्दा बढी समय कारागारमा बिताएपछि अदातलले उनको रिहा गर्दै उनीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध पनि खारेज गरेको थियो ।

ब्राजिलमा सन् १९८५ मा लोकतन्त्र पुनः स्थापना भएपछि पदमा रहेका राष्ट्रपति निर्वाचनमा पहिलोपटक पराजित भएका हुन् । २० लाखभन्दा मतले उनी पराजित भएका छन् । सन् २०१४ को राष्ट्रपतीय निर्वाचनमा विजयी उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीकोभन्दा ३५ लाख भोट बढी ल्याएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू