शनिबार, मंसिर १५, २०८१
16:45 | २२:३०

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

रासस अक्टोबर २७, २०२२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनका तीन भाइमध्ये दुई अमेरिका र एक नेपालमै बस्दै आएका छन् ।

यसैगरी प्रधानमन्त्री देउवा पनि भ्रातृशोकमा रहेकाले उनले पनि भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू