४५ वर्षीया मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री



तस्विर- एपी
रोम, ७ कात्तिक–इटालीकी नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छन् ।
देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकी हुन् ।
मेलोनीले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरु रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राखिन् ।
मेलोनीले हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाएकी छन् र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गरेकी छन् ।
उनले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा सपथ लिएकी थिइन् । उनलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहबीच पद हस्तान्तरण गरेका थिए । ४५ वर्षीया मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री हुन् ।
सन् २०२१ जनवरीदेखि द्रागी प्रधानमन्त्री थिए । उनी त्यसअघि गभर्नर थिए । उनी केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहेका थिए ।
मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गरेका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५