टर्कीमा खानी विस्फोटमा मृत्यु हुनेको संख्या ४० पुग्यो



तस्विर सिन्हवा
अङ्कारा, ३० असोज–टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ ।
यहाँका सुरक्षा अधिकारीहरुले गत शुक्रबार राति भएको सो विस्फेटमा परी आइतबार बिहानसम्म कम्तीमा पनि ४० पुगेको बताइएका हुन् ।
टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए । तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको र अरु केही व्यक्ति अझै हराइरहेका जानकारी मन्त्री सोइलुले दिए ।
सो दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार जारी छ । खानीमा विस्फोट भएपछि आगो लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको थियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो ।
सो क्षेत्रमा रहेका खानीहरुमा आवश्यक मात्रामा सुरक्षा प्रबन्ध हुन सक्दा नागरिकको ज्यान जाने क्रम रोकिएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५