सोमबार, पुष २९, २०८१
05:48 | ११:३३

मुम्बईमा पछाडि बस्ने यात्रुका लागि पनि सिट बेल्ट अनिवार्य

रासस–सिन्ह्वा अक्टोबर १५, २०२२

मुम्बई, २९ असोज–भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बर देखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको मुम्बई ट्राफिक प्रहरीले जनाएको छ।

यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो तर गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्रीको मृत्युले सिट बेल्ट लगाउनुको महत्व बढेको भन्दै नयाँ नियम लागू गरिदै छ।

मुम्बई ट्राफिक प्रहरीका अनुसार नयाँ नियमको पालना नगरेमा दण्डनीय हुने बताइएको छ ।

भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो जसमा १३ लाख एक हजार ७१४ जनाको मृत्यु भएको थियो भने तीन लाख ४८ हजार २७९ जना घाइते भएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू