प्रदर्शनकारीले ह्याक गरिदिए इरानको सरकारी टिभी



इरानमा केही साता यता सरकारविरोधी प्रदर्शन चर्किएको छ । तस्बिर एएफपी
तेहरान, २३ असोज–इरानको सरकारी टेलिभिजनलाई शनिबार प्रदर्शनकारीहरूले प्रत्यक्ष प्रसारणको क्रममा ह्याक गरेका छन् ।
देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी दक्षिणी शहर बुशेहरमा एक बैठकमा भाग लिइरहेका बेला सरकार विरोधी प्रदर्शनकारीले केही क्षण प्रसारणमा अवरोध गरेका केबल न्यूज नेटवर्क (सिएनएन) ले जनाएको छ ।
देशभर चलिरहेको अशान्तिबारे झक्झक्याउन तथा सरकार विरोधी सन्देश प्रवाह गर्न उनीहरूले प्रसारणमा अवरोध गरेका हुन् ।
शीर राम्ररी नढाकेको अभियोगमा केही साताअघि पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको प्रहरीले नियन्त्रणमा लिएलगत्तै मृत्यु भएपछि देशभर शुरू भएको विरोध प्रदर्शनका क्रममा देशका विभिन्न भागमा हिंसात्मक झडप भएका छन् । त्यस क्रममा धेरैको मृत्यु भएको छ ।
सरकार, विपक्षी समूह, अन्तर्राष्ट्रिय मानवअधिकार संगठन र स्थानीय पत्रकारहरूले त्यस्ता झडपमा ज्यान गुमाएकाहरूको फरक–फरक विवरण सार्वजनिक गरेका छन् । नर्वेमा रहेको इरान–केन्द्रित मानवअधिकार समूहले इरानभरि प्रदर्शन शुरू भएयता एक सय ५४ जनाले ज्यान गुमाएका जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५