क्रिमियाली पुलमा विस्फोट, तीनको मृत्यु



तस्विर एएफपी
मस्को, २२ असोज–क्रिमियाली पुलमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिले जनाएको छ ।
बिस्फोटपछि क्रिमियाली पुलको रेल र सडक दुवै भागमा यातायात स्थगित गरिएको छ । बिस्फोटका कारण केर्च स्ट्रेटमा यात्रा गर्ने क्रममा मालवाहक रेलमा आगो लागेको थियो ।
“तमान प्रायद्वीपबाट आउँदै गरेको एउटा विस्फोटक पदार्थ राखिएको ट्रकमा आइतबार बिहान ६:०७ बजे क्रिमियाली पुलको सडक भागमा विस्फोट भएको थियो । बिस्फोटका कारण क्रिमियाली प्रायद्वीपतर्फ जाँदै गरेको रेलको इन्धनको सातवटा ट्यांगीमा आगो लागेको थियो ।
“बिष्फोटका कारण पुलको दुई भाग आंशिक रूपमा भत्किएको छ,” रूसको राष्ट्रिय आतंकवाद विरोधी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कारण पत्ता लगाउन र यसको परिणामलाई छिटो सम्बोधन गर्न सरकारी अधिकारीको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न आदेश दिएका छन् ।
रसियाको फेडरल एजेन्सी फर सी एण्ड इनल्याण्ड वाटर ट्रान्सपोर्टका अनुसार केर्च स्ट्रेटपार गर्ने नेभिगेसन मार्गमा कुनै अवरोध आएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५