जेलेन्स्कीद्वारा युक्रेनका चुनौतीहरूको रूपरेखा प्रस्तुत



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की । तस्विर- एपी
कीभ, २२ असोज–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे शुक्रबार रूपरेखा प्रस्तुत गरेका छन् ।
युरोपेली परिषद्को अनौपचारिक बैठकमा भिडियो लिंकमार्फत बोल्दै जेलेन्स्कीले युक्रेनका लागि मुख्य चुनौती रूसी आक्रमणबाट आफ्नो ऊर्जा सुविधाको भौतिक सुरक्षा रहेको बताए ।
युक्रेनलाई आफ्नो ऊर्जा पूर्वाधारमा सम्भावित आक्रमण रोक्न पर्याप्त हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको उनले बताए ।
जेलेन्स्कीले भने, ‘कीभका लागि अर्को चुनौती दक्षिणी युक्रेनमा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रको असैन्यीकरण र यसको कार्यप्रणालीको पुनस्र्थापना हो ।’
द्वन्द्वपछिको पुनर्निर्माण सरकारका लागि तेस्रो महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै युक्रेनी नेताले युक्रेनको द्रूत पुनः निर्माण योजनाअन्तर्गत काम गर्न थालिसकेका देशहरूप्रति कृतज्ञता व्यक्त गरे ।
युक्रेनको अवस्थाका साथै ऊर्जा र आर्थिक विषयमा छलफल गर्न चेक रिपब्लिकको प्रागमा युरोपेली परिषद्को अनौपचारिक बैठक शुक्रबार बसेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५