शनिबार, मंसिर १५, २०८१
12:28
|
१८:१३
बाथरुममा लडेर एमाले नेता ढुंगेलको मृत्यु
रासस
अक्टोबर ८, २०२२
काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११:३० बजेको समयमा बाथरुममा लडेर उनको मृत्यु भएको हो ।
दसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उनी एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थल पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ ।
विगतमा नेकपा (माओवादी) पार्टीमा आवद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उहाँ एमालेमै बसेका थिए । यसअघि उनी संविधानसभा सदस्यसमेत बनेका थिए ।
ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५