इरानले रुसलाई हतियार नपठाएको दावी


तेहरान, २२ असोज–इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन् ।
रुस र युक्रेन द्वन्द्वको संकटका बेला इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो । सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको स्पष्ट गरेको हो ।
इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुरा बताएका थिए ।
अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार नदिएको र आगामी दिनमा पनि इरानले रुसलाई हतियार पठाउने कुनै योजना नरहेको बताएको इरानी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो । हालैमात्र पनि युक्रेनका विदेशमन्त्रीले इरानको यो युक्रेनसँगको सत्रुतापूर्ण व्यवहार रहेको बताएका थिए ।
यस वर्षको सुरुआतदेखि रुसले युक्रेनमाथि हमला गर्दै आएको छ । सो हमलाको पश्चिमा देशहरुले कडा विरोध गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स लगायतका देशले रुसको सो कार्यको विरोध गरेका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५