सोमबार, पुष २९, २०८१
06:17 | १२:०२

बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

रासस/सिन्ह्वा अक्टोबर ८, २०२२

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गटर्रेस । तस्बिर- सिन्ह्वा

संयुक्त राष्ट्रसंघ, २२ असोज–संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गरेका हुन् ।

उनले पाकिस्तानको सहयोगका लागि आवश्यक पर्नेगरी एक दाता सम्मेलनको तयारीमा संयुक्त राष्ट्रसंघ लागेको बताए । उनले भारी वर्षा र बाढीका कारण पाकिस्तानमा पुगेको क्षतिको मापन गरिएको र पाकिस्तानमा पुननिर्माण र यहाँका पीडितहरुको पुनस्र्थापनाका लागि दाताहरुको एक सम्मेलन आयोजना गरिने जानकारी दिए ।

उनले शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । पाकिस्तानको सहयोगका लागि उनले संयुक्त राष्ट्रसंघीय महासभामा एक प्रस्ताव पनि प्रस्तुत गरेको बताइएको थियो ।

सो प्रस्तावलाई महासभाले पारित गरेको छ । प्रस्तावमा विश्वका विभिन्न देश तथा दाताहरुलाई पाकिस्तानको सहयोगका लागि अपिल गरिएको छ । यस वर्षको मनसुनले पाकिस्तानमा ठूलो क्षति पुरयाएको छ । सो मनसुनी वर्षाले एक हजार सात सय जनाभन्दा बढीको ज्यान गएको छ भने अरु हजारौँ व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू