सोमबार, पुष २९, २०८१
06:13 | ११:५८

नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई

रासस/एएफपी अक्टोबर ६, २०२२

स्टकहोम, २० असोज -यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ ले एर्नोले विषयका जडसम्म पुगेर विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ । त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी हुन् ।

उनी सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन् । एर्नोले व्यवसायिक लेखन थाल्नु पहिले एक शिक्षिकाका रूपमा काम गरेकी थिइन् ।

उनका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायत पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन् ।

नोबेल पुरस्कार कमिटीका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोरम्याण्डी फ्रान्समा बाल्यकाल बिताएको र उनको परिवेश त्यस बेला ‘गरिब तर महत्वाकांक्षी’ रहेको बताए ।

यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र राशी एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर बराबरको छ ।

गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू