बिहीबार, फागुन १५, २०८१
कतारमा हुने विश्वकपमा टर्कीले सेना पठाउने


रासस-सिन्ह्वा
अक्टोबर ६, २०२२
अङ्कारा—कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो ।
टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएपछि सो सम्बन्धी प्रस्ताव पास गरिएको छ ।
कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो । कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो ।
सो सहयोग सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार प्रस्तुत गरि मङ्गलबार सो प्रस्ताव पारित भएको हो ।
उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि सेना पठाउने भएको छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही बताइएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५