मंगलबार, माघ १, २०८१
20:15 | ०२:००

सहारा यूकेद्वारा पाकिस्तानका बाढीपीडितलाई सहयोग

नेपाली लिङ्क अक्टोबर १, २०२२

लन्डन। सहारा यूकेले पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड हस्तान्तरण गरेको छ । 

अल्डरसट टाउन फुटबल क्लबमा शुक्रबार एक कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष ले रि कुसाङ गुरुङले अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद आजीमलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । 

हालै पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै अध्यक्ष गुरुङले तत्काल त्यहाँका पीडित नागरिकका लागि सहायता होस भनेर सहयोग गरिएको बताए । 

सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमुधिं यूके कोषाध्यक्ष कमल गुरुङ, सहाराका पञ्च गुरुङ, जयन्ती गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतको उपस्थिति थियो ।  

सहयोग ग्रहण गर्दै क्लबका अध्यक्ष पाकिस्तानका पीडितकहाँ पुर्‍याएर सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले पीडितका लागि सहयोग गरेकोमा सहारा यूके अध्यक्ष गुरुङलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए । 

सहारा यूकेको शनिबार १७ सेप्टेम्बर २०२२ का दिन बसेको साधारणसभाका बेला पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै तत्काल त्यहाँका पीडित नागरिकका लागि १ हजार पाउन्ड सहयोग पठाउने निर्णय गरेको थियो ।

तस्विर-मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू