भारतमा आईफोन १४ को उत्पादन सुरु


नयाँ दिल्ली । अमेरिका चीन ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एप्पलले आईफोन १४ बनाउन थालेको हो ।
चीनमा लागू गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एप्पलले आफ्नो नयाँ संस्करणहरूलाई विकेन्द्रित गर्न थालेको विश्लेषकहरूले अनुमान गरेका छन् ।
एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको थियो । “नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्वपूर्ण सुरक्षा क्षमता छन् । हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ,” एप्पलले हालै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
ताइवानमा रहेको फक्सकन कम्पनीले एप्पलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ । उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करण बनाउँदै आएको र आईफोन १४ भारतमै बनाउन थालेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५