पुटिनद्वारा विद्यालयमा भएको आतंकवादी हमलाको निन्दा


मस्को, १० असोज–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई ‘अमानवीय’ भन्दै कडारूपमा निन्दा गरेका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेका छन् । उक्त आतंकवादी हमला स्पष्ट रूपमा नव–फासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले बताएका छन् ।
रुसको इजेभस्क शहरको एक विद्यालयमा अज्ञात आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
सो घटनामा १४ जना बालबालिका सहित २१ जना घाइते भएका छन् ।
प्रारम्भिक रिपोर्टहरू अनुसार छ जना वयस्क र सात साना केटाकेटीहरू सहित १३ जनाको सो आक्रमणमा ज्यान गएको छ ।
सञ्चार माध्यमहरूले जनाएअनुसार २५ वर्षीय युवकले इर्कुत्स्क क्षेत्रको उस्ट–इलिम्स्कमा रहेको सैन्य भर्ती कार्यालय नजिकबाट गोली चलाएका थिए । घटनापश्चात् गोली प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ गरिएको थियो ।
अल जजीराका अनुसार रुसका विद्यालयमा गोलीप्रहारका घटना विरलै हुने गर्दछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५