चार्ल्टन नेपाली समाजमा कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रकाश कंडेललाई
लन्डन। साउथ इष्ट लन्डनस्थित चार्ल्टन नेपाली समाजको नेतृत्व प्रकाश कंडेलको काँधमा पुगेको छ।
समाजकी अध्यक्ष रेखा खरेलको अनुपस्थितिमा उपाध्यक्ष कंडेललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको छ।
अध्यक्ष खरेल व्यक्तिगत कारणले केही समय नेपाल बस्ने भएपछि समाजले उपाध्यक्ष कंडेललाई कार्यवहाक अध्यक्षको भूमिका सुम्पिएको हो। आइतबार अध्यक्ष खरेलकै अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले कावा अध्यक्ष तोकेको हो।
कार्यवहाक अध्यक्षको जिम्मेवारी पाउने कंडेल समाजको वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन्। यसअघि उनले कार्यसमिति सदस्य र सहसचिवको रुपमा एकएक कार्यकाल काम गरिसकेका छन्।
अध्यक्षको अनुपस्थितिमा कावा अध्यक्षका रुपमा संस्थाले जिम्मेवारी प्रदान गरेकोमा कंडेलले आभार प्रकट गरेका छन्।
समाजको कार्यसमिति, सल्लाहकार र सम्पूर्ण सदस्यहरुले आफूमाथि राखेको विश्वासलाई न्याय हुने गरी काम गर्ने उनको प्रतिवद्धता छ।
गत वर्ष निर्वाचित समाजको वर्तमान कार्यसमितिको कार्यकाल अझै एक वर्ष बाँकी छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५