दक्षिण र अमेरिकालाई चेतावनी दिंदै उत्तर कोरियाद्वारा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार



उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रको समाचार हेर्दै दक्षिण कोरियाली नागरिक सोल स्टेशनमा । तस्बिर- एएफपी
सोल, ९ असोज–दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिए ।
उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुन्द्रिक पानीमा स्थानीय समय अनुसार आइतबार बिहान ६:५३ बजे सो क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेना प्रमुखले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका हुन् ।
दक्षिण कोरिया उत्तरबाट हुन सक्ने यस्तो आक्रमणको प्रतिकार गर्न अमेरिकाको समन्वयमा पूर्ण तयारी र क्षमताका साथ रहेको जानकारी पनि विज्ञप्तिमा दिइएको छ ।
दक्षिण कोरियाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी एक सैनिक समूह दक्षिण कोरियाली बुसान सहरमा आएको दुई दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको छ ।
यसै महिना दक्षिण कोरियाली र अमेरिकी सैनिकले संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको बुझिएको छ । सोही तयारीको समयमा उता उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको बताइएको छ ।
यस अघि पनि उत्तर कोरियाले पटक-पटक छोटो दुरीका यस्ता ब्यालेस्टिक क्षेप्यास्त्रहरु प्रहार गर्ने गरेको छ । यसै वर्ष पनि उत्तर कोरियाले कैयौँ पटक यस्ता क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५