रूसको सैन्य क्षतिपछि नयां जनरललाई जिम्मेवारी


मस्को, ८ असोज –रूसले युक्रेनमा रूसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका आफ्ना उच्च पदस्थ जनरललाई प्रतिस्थापन गर्ने घोषणा गरेको छ ।
“सेनाका जनरल दिमित्री बुल्गाकोभलाई उपरक्षामन्त्री पदबाट मुक्त गरिएको छ र उहाँको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्तसेभलाई नियुक्त गरिएको छ,” रक्षा मन्त्रालयले शनिबार टेलिग्राम सन्देशमा भनेको छ ।
युक्रेनको बन्दरगाह शहर मारिउपोललाई गत मे महिनामा रूसी सेनाले कब्जामा लिएको आरोपमा ६० वर्षीय मिजिनत्सेभमाथि बेलायतले प्रतिबन्ध लगाएको छ ।
सैन्य अभियान र युक्रेनी सेनाको हालैको सफलताले रूसी सेनामा महत्वपूर्ण बन्दोबस्तीका त्रुटिहरूको उजागर गरेको भनाइहरू आइरहेका समय यो जिम्मेवारी परिवर्तन भएको हो ।
केही विश्लेषकहरूले बन्दोबस्ती रूसी सेनाको कमजोर कडी भएको पनि विश्वास गर्छन् । यसका कारण आक्रमणको सुरुवातपछि कठिनाइहरू निम्त्याउँदछ ।
रूसमा बुधबार घोषणा गरिएको आंशिक परिचालन सशस्त्र बलका लागि बन्दोबस्ती एक सशक्त चुनौती हो ।
रूसभरिबाट आउने लाखौं जगेडा सैनिकहरूलाई युद्धभूमिमा तैनाथ गर्नु अघि बोलाउनु, सुसज्जित र प्रशिक्षित गर्नु आवश्यक छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५