शुक्रबार, फागुन १६, २०८१
बेल्जियम पठाउन लागिएको केराको कन्टेनरबाट ३.५ टन कोकिन बरामद


रासस–सिन्ह्वा
सेप्टेम्बर २४, २०२२
क्विटो, ८ असोज–ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।
सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको थियो । सो लागूऔषध बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् ।
सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागूऔषध बरामद गरिएको छ। इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करी विरुद्धको लडाइँको घोषणा गरेका छन् ।
बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागूपदार्थ तस्करीविरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगका लागि आह्वान गर्दै ‘अन्तरराष्ट्रिय अपराधको लागि अन्तरराष्ट्रिय समाधान चाहिने’ उल्लेख गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५