सोमबार, पुष २९, २०८१
09:04 | १४:४९

आणविक हतियारबारे पुटिनको धम्की गैर–जिम्मेवारः अमेरिका

रासस/एएफपी सेप्टेम्बर २१, २०२२

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बी

वाशिङटन, ५ असोज–अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताएका छन् ।

उनले भने, ‘आणविक शक्ति राष्ट्रले हतियार प्रयोगबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु गलत हो ।’

बुधबारको सम्बोधनमा पुटिनले रूसी भूमिको रक्षाका लागि ‘सबै उपलब्ध साधन’ प्रयोग गर्ने बताएपछि ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एबीसीमा गुड मर्निङ अमेरिकासँग भने, “उहाँले विगत सात महिनादेखि कसरी कुरा गरिरहनुभएको छ भन्ने कुरा असामान्य होइन र हामी यसलाई निकै गम्भीरताका साथ लिन्छौँ । हामी उनीहरूको रणनीतिक मुद्राको सकेसम्म राम्रो निगरानी गरिरहेका छौँ । त्यसैले यदि हामीले गर्नुपरयो भने रूसलाई हेर्ने रणनीतिमा परिवर्तन गर्न सक्छौँ । हामीले अहिले नै यसको आवश्यकता छ भन्ने कुनै संकेत देखेका छैनौँ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू