सोमबार, पुष २९, २०८१
09:31
|
१५:१६
क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव
रासस-एएनआई
सेप्टेम्बर २०, २०२२
टोरन्टो, ४ असोज -क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिएका छन् ।
उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताए ।
भारत सेवाश्रम संघ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ