स्वीन्डनमा नेपालीले अर्पण गरे महारानीप्रति श्रद्धान्जली
लन्डन । नेपाली समाज वील्सायर स्वीन्डनले स्वर्गीय महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जली अर्पण गर्न आज एक समारोह आयोजना गरेको छ । दिवंगत महारानीको अन्त्येष्टिकै दिन शोकसभा कार्यक्रम गरिएको हो ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञान प्रसाद गुरुङ, संस्थापक अध्यक्ष मेजर रिटायर्ड सन्त पुन एमबीइ, स्वीन्डन बरो काउन्सिलका मेयर अब्दुल अमिन, काउन्सिलर सुरेश श्री गट्टापुर, काउन्सिलर डेब बेल साथै कार्यसमितिका सदस्य, सल्लाहकारहरु लगायत नेपाली समाजका सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा अध्यक्ष ज्ञान प्रसाद गुरुङ, स्वीन्डन बोरो काउन्सिलका मेयर अब्दुल अमिन र समाजका उपाध्यक्ष खगेन्द्र गौचनले स्वर्गीय महारानी एलिजाबेथ द्वितीयलाई अन्तिम विदाई दिंदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उक्त कार्यक्रमलाई बीबीसीले पनि कभर गरेको थियो ।
बेलायती महारानीको गत ८ सेप्टेम्बरमा स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा निधन भएको थियो । ७० वर्ष बढी समय गद्दीमा रहेकी महारानीको आज १९ सेप्टेम्बर बिहान राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
समाजले गत वर्ष महारानीका पति प्रिन्स फिलिपको निधनमा पनि श्रद्धान्जली अर्पण गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५