कारबाहीका क्रममा अल–सेबाबका ४३ लडाका मारिए



फोटो बीबीसी
मोगादिसु , २ असोज–मध्य सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारबाहीका क्रममा यहाँ हिंसा मच्चाइरहेका अल सेबाबका कम्तीमा पनि ४३ जना लडाका मारिएको बताइएको छ । सोमाली राष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा ती सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् ।
अल–सेबाबका लडाकाले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा यहाँको सेनाले गएराति हवाई कारबाही गरेको थियो ।
उक्त कारबाहीका क्रममा शनिबार राति ती लडाका मारिएका यहाँको राष्ट्रिय रेडियो, एसएनए रेडियोले जनाएको छ ।एबोरे क्षेत्रको बुला बार्ता जिल्लामा अल–सेबाबका लडाकाहरुले आश्रय लिएर तालिम केन्द्र सञ्चालन गरेको सूचना यहाँको सूचना मन्त्रालयले प्राप्त गरेपछि यहाँको सेनाले सो आक्रमण गरी कारबाही थालेको र शनिबार रातिको सो कारबाहीका क्रममा ती लडाका मारिएको बताइएको छ ।
त्यस कारबाहीका क्रममा उनीहरुको आश्रयस्थल नष्ट भएको र केही लडाका घाइते भएका पनि बताइएको छ । यहाँको सरकारले आतंककारी घोषणा गरेको सो अल सेबाब समूहका विरुद्धमा सोमालियाको सेनाले केही हप्तादेखि प्रतिरक्षात्मक कारबाही थालेको छ ।
सो कारबाही यहाँको सेनाले यहाँका केही सामुदायिक समूहहरुसँग मिलेर गरेको पनि सेनाले जनाएको छ । एबोरे क्षेत्रमा अल सेबाबले आफ्नो तालिम केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । सो क्षेत्रमा उनीहरुको बढी मात्रामा प्रभाव रहेकाले सरकारले यस क्षेत्रमा हमला गर्ने गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५