सोमबार, पुष २९, २०८१
09:25 | १५:१०

प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपतिलाई भेट्ने  

रासस-एएनआई सेप्टेम्बर १५, २०२२

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सांघाई सहयोग संगठन सदस्य राष्ट्रहरु को प्रमुखहरूको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्ने भएका छन् ।

उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार सो जानकारी दिएका हुन् ।

रुसका राष्ट्रपति पुटिनले आगामी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन् । सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि जाँदै छन् ।

‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्’, अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भनेका छन् ।

कोभिड–१९ महामारीको दुई वर्षपछि उज्बेकिस्तानको समरकन्दमा बिहीबारदेखि सम्मेलन सुरु हुँदैछ ।

‘एससीओ धेरै सफल भएको छ । यो विभिन्न संयन्त्रहरू र विभिन्न ट्रयाकमा व्यापक सहयोगका साथ स्थापित संस्था हो । एससीओ संगठनअन्तर्गत सयौं संयन्त्रहरू काम गर्दछ’, रुसी राजदूतले भने, ‘राजनीतिक मामिला र सुरक्षासँग सम्बन्धित मामिलाहरूमा मात्र होइन, मुख्य रूपमा आर्थिक क्षेत्रमा व्यापारमा र सदस्य देशका जनताका लागि रोजगारीका अवसरहरू सिर्जना पनि यसले गरेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू