शुक्रबार, फागुन ३०, २०८१
08:42 | १४:२७

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त 

रासस सेप्टेम्बर १०, २०२२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँस्थित संयुक्त अधिराज्य (बेलायत) को राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज दूतावास पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते बिहीबार राति निधन भएको हो ।

यसअघि महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पनि बेलायती दूतावास पुगेकी थिइन् । दूतावासमा राखिएको शोक पुस्तिकामा पहिलो हस्ताक्षर राष्ट्रपति भण्डारीले नै गरेकी थिइन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू