बेलायती महारानीको निधन
तस्बिर एपी
लन्डन । बेलायती महारानी एलिजावेथ द्वीतीयाको निधन भएको छ । ९६ वर्षीया महारानीको विहीबार अपरान्ह स्कटल्याण्डको बाल्मोरल प्यालेसमा निधन भएको बकिङहम प्यालेसले जनाएको छ ।
७० वर्षअघि राजगद्धीमा आएकी महारानी बेलायतको इतिहासमै सबैभन्दा बढी राज गरेकी महारानी हुन्।
२१ अप्रिल १९२६ मा जन्मिएकी महारानीले सन् १९५२ मा २६ वर्षको उमेरमा गद्धी सम्हालेकी थिइन्।
महारानीको निधनसंगै उनका छोरा चार्ल्स राजाको रुपमा राजगद्धीमा आएका छन्।
महारानीको निधनपूर्व विहीबार उनका छोरा चार्ल्स, छोरी आन, नाती विलियमसहितका राजपरिवारका कयौं सदस्य स्कटल्याण्ड पुगिसकेका थिए ।
महारानी एलिजावेथ द्वीतीयाका तीन छोराहरु चार्ल्स, एन्ड्रु र एडवार्डका साथै एक छोरी आनसहित चार सन्तान छन्। त्यस्तै, उनका जम्मा ८ नातीनातिना र १२ पनातीपनातिना छन् ।
नवनियुक्त राजा चार्ल्सले एक वक्तव्य जारी गर्दै महारानीको निधन आफू र सिंगो राजपरिवारका लागि सबैभन्दा ठूलो दु:खद क्षण रहेको उल्लेख गरेका छन् ।