बुधबार, माघ २, २०८१
00:13 | ०५:५८

सामाजिक अभियन्ता पुनलाई बेलायत कोभेन्ट्रीका नेपालीको सहयोग

बाबुराम भुषाल सेप्टेम्बर ७, २०२२


लण्डन । सामाजिक अभियन्ता महाविर पुनले आफ्नै पहलमा स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई कोभेन्ट्री नेपाली समाज बेलायतले आर्थिक सहयोग गरेको छ ।

केन्द्र स्थापनाका लागि सरकारले चासो नदिएपछि पुन आफैले विभिन्न श्रोतबाट सहयोग संकलन अभियान चलाइरहेका थिए ।  उक्त अभियानलाई बेलायतको कोभेन्ट्रीमा रहेका नेपालीहरुले पनि साथ दिंदै सहयोग संकलन गरेका हुन् ।

समाजका बरिष्ठ उपाध्यक्ष सन्तोष रेग्मी र साहित्यकार भरतकुमार श्रेष्ठले समाजद्वारा संकलित २ लाख २१ हजार ४ सय ५५ रुपैंया सामाजिक अभियन्ता पुनलाई हस्तान्तरण गरिएको हो । संकलन गरिएको उक्त रकम कोभेन्ट्रीमा रहेका नेपालीहरुले महाविर पुनसँगको अन्तरकृया कार्यक्रममा सहभागी भई संकलन गरेका थिए ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि सरकारले खासै चासो नदिएपछि आफै जुटेका सामाजिक अभियन्ता पुनलाई देश विदेशबाट धेरै नेपाली संघसंस्था र व्यक्तिगततर्फबाट सहयोग आइरहेको छ ।

अहिलेसम्म केन्द्रलाई विभिन्न क्षेत्रबाट ६ करोड भन्दा बढि आर्थिक सहयोग संकलन भइसकेको अभियान्ता पुनले बताए ।

केन्द्र स्थापनाका लागि पटक पटक सरकारसंग आग्रह र केन्द्रको उदेश्य तथा योजनाबारे जानकारी दिदा समेत कुनै सहयोग नपाइएपछि सामजिक अभियान्ता पुन केन्द्र स्थापनामा एक्लै जुटेका छन् ।

पुनले सन २०१२ मा सूचना तथा प्रविधिमार्फत देशमा सम्भावनाहरुको खोज र स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू