सोमबार, पुष २९, २०८१
14:43 | २०:२८

बंगलादेशकी प्रधानमन्त्री र राहुल गान्धीबीच भेटवार्ता   

रासस-एएनआई सेप्टेम्बर ७, २०२२

नयाँ दिल्ली—बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना र भारतीय काँग्रेसका नेता राहुल गान्धीबीच भेटवार्ता भएको छ । 

चार दिने भारत भ्रमणमा रहेकी बङ्लादेशकी प्रधानमन्त्री हसिनाले नेता गान्धीलाई मङ्गलबार नयाँ दिल्लीमा भेटवार्ता गरेकी हुन् । उनीहरूबीच पार्टी पार्टी बीचको आपसी सम्बन्ध, दुई देशको सम्बन्ध र व्यक्तिगत तथा पारिवारिक विषयमा समेत कुराकानी भएको जनाइएको छ । 

भारतले उच्च प्राथमिकतामा राखेको देशकी प्रधानमन्त्री हसिना आपसी सम्बन्धलाई थप बलियो बनाउन सोमबार भ्रमणमा आएको जनाइएको छ । 

भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै कतिपय सम्झौताहरूमा समेत हस्ताक्षर भएको अधिकारीहरूले जनाएका छन् । 

भारतले “छिमेकी प्रथम प्राथमिकतामा” नीति अन्तर्गत छिमेकी मुलुक बङ्लादेशलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । कतिपय सहयोग र सहकार्यका लागि पनि भारतले बङ्लादेशलाई उच्च प्राथमिकता दिएको देखिन्छ ।

बङ्लादेशी प्रधानमन्त्री हसिनाले भारत भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकरसँग पनि शिष्टाचार भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति भवनमा हसिनालाई स्वागत गर्दै राष्ट्रपति मुर्मुले भारत र बङ्लादेशबीच पुरानो संस्कृतिक, ऐतिहासिक, भाषिकलगायतका बहुआयामिक सम्बन्ध रहेको स्मरण गरेकी थिइन् । 

उनले प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सेख हसिनाबीचको सौहार्दपूर्ण सम्बन्धले दुई देशको सम्बन्ध पनि नयाँ उचाइमा पुगेको चर्चा गरेकी थिइन् ।  

हसिनाले प्रधानमन्त्री मोदीसँग यसअघि नै भेटवार्ता गरेकी थिइन् । त्यस अवसरमा सहकार्यका नयाँ परियोजनाहरुका बारेमा सम्झौता समेत भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू