सोमबार, पुष २९, २०८१
14:42 | २०:२७

बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु

रासस–सिन्ह्वा सेप्टेम्बर ६, २०२२

फाइल तस्बिर एपी

ओगादुगुउ, २१ भदौ–सोमबार यहाँ एउटा गाडीले विस्फोटक पदार्थ (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस –आइइडी) लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

राजधानी ओउगाडोउगुको तर्फ जाँदै गरेको एस्का‘र्टेड आपूर्ति गर्ने काफीले उत्तरी शहर जिबो र बोरजाङ्गा बीचको विस्फोटक पदार्थ सित ठोकिदा उक्त दुर्घटना भएको साहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले सोमबार साँझ बताएका छन् ।

“नागरिकहरू बोकेको एउटा गाडीले इम्प्रोभाइज्ड विस्फोटक यन्त्रमा ठोक्किएपछि विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्,“ विज्ञप्तिमा भनिएको छ ।

बुर्किना फासोमा सन् २०१५ देखि असुरक्षा बढ्दै गएको छ जसका कारण पश्चिम अफ्रिकी राष्ट्रमा एकहजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने अन्य १९ लाखभन्दा बढी विस्थापित भएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू