बुधबार, माघ २, २०८१
00:06 | ०५:५१

पासा पुच: गुठी लन्डनमा नयाँ टीम, अध्यक्षसहित दुई तिहाइ महिला

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२२

लन्डन। पासा पुच: गुठी यूके लन्डन शाखाले नयाँ नेतृत्व चुनेको छ। 

आइतबार लन्डनको बोस्टन परेडस्थित ‘नेपाल रेष्टुरेन्ट’ मा सम्पन्न शाखाको २१ औँ वार्षिक साधारणसभाले रुक्मिणी मानन्धरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो। अध्यक्ष मानन्धर दोस्रो कार्यकाललाई निर्वाचित भएकी हुन्।  

कार्यसमितिको उपाध्यक्षमा ओजेश सिंह र प्रनिशा शाक्य, महासचिवमा लिसा दली श्रेष्ठ, सहसचिवमा मनिष जोशी, कोषाध्यक्षमा सविता मानन्धर र सहकोषाध्यक्षमा रोजी मानन्धर छन्। 

त्यस्तै, सांस्कृतिक सचिव आस्था जोशी बटाजु, खेलकुद सचिव किरन मानन्धर तथा सदस्यहरुमा अमिता श्रेष्ठ, मन्दिरा मानन्धर, एन्जिला श्रेष्ठ, पब्लिका श्रेष्ठ, मधुसुदन कायस्थ र सन्दीप तुलाधर निर्वाचित भएका छन्। 

महिला सहभागिताको सवालमा पासा पुच: गुठीको लन्डन शाखामा बेलायतका अधिकांश नेपाली संस्थाहरुमा भन्दा फरक अभ्यास देखिएको छ। १५ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित दुई तिहाइ अर्थात् दश जना महिला निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

संस्थाका संस्थापक सदस्यहरु बालमुकुन्द जोशी, शशीधर मानन्धर र अमृतरत्न स्थापित सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचनको प्रक्रिया सञ्चालन गरेको थियो।  

यसअघि साधारणसभामा निवर्तमान समितिकी महासचिव प्रनिशा शाक्यले प्रगति प्रतिवेदन पेश गर्दै गत कार्यकालमा सम्पन्न विभिन्न १७ इभेन्टहरुबारे जानकारी गराइन्। 

कोषाध्यक्ष सविता मानन्धरले उक्त अवधिको आर्थिक हिसाबकिताब प्रस्तुत गरिन्। अध्यक्ष रुक्मिणी मानन्धरले आफ्नो पहिलो कार्यकाल सफल पार्न योगदान गर्ने कार्यसमिति, सल्लाहकार एवम् सदस्यहरुप्रति आभार प्रकट गरेकी थिइन्।

सोही अवसरमा लोकसाहित्य परिषदको भवन निर्माणमा पुर्‍याएको सहयोगको कदरस्वरूप पासा पुच गुठी लन्डनलाई प्रदान गरिएको सम्मानपत्र पनि ग्रहण गरिएको थियो।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू