शुक्रबार, फागुन ३०, २०८१
प्रधानमन्त्री देउवाद्वारा कन्जरभेटिभ नेतृ ट्रसलाई बधाई


रासस
सेप्टेम्बर ६, २०२२
काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य (यूके) को कन्जरभेटिभ पार्टी नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधाई दिएका छन् ।
४७ वर्षीया ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनी आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुंदै छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५