रुसले ग्यास आपूर्ति बन्द गरे सामना गर्न युरोपेली संघ तयार
कर्नोवियो, इटाली, १८ भदौ –भण्डारण क्षमता र ऊर्जा वचतका उपायका कारण रूसी ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको अवस्थामा पनि युरोपेली संघ सामनाका लागि ‘राम्रो तयारी’ अवस्थामा रहेको बताइएको छ ।
युरोपेली संघका आर्थिक आयुक्त पाओलो जेन्टिलोनीले युरोपियन हाउस एम्ब्रोसेट्टीले आयोजना गरेको आर्थिक मञ्चका क्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हामी रूसले ग्यास हतियारको अत्यधिक प्रयोगको विरोध गर्न तयार छौं ।’
उनले अगाडि भने, ‘हामी पुटिनको निर्णयबाट डराएका छैनौं, हामी रूसीहरूलाई सम्झौताको सम्मान गर्न भनिरहेका छौं, तर यदि उनीहरूले त्यसो गरेनन् भने हामी प्रतिक्रिया दिन तयार छौं ।’
रसियाली ग्यास कम्पनी गजप्रोमले रुसलाई उत्तरी जर्मनीसँग जोड्ने नोर्ड स्ट्रिम पाइपलाइन मर्मतका लागि तीन दिनको अवरोधपछि शनिबारदेखि सेवा सुरु गर्न लागेको र टर्बाइन मर्मत नगरेसम्म पूर्णरुपमा बन्द गरिने बताएको छ ।
मस्कोले शुक्रबार जी–७ राष्ट्रहरूले रुसको ऊर्जा लाभलाई लक्षित गर्ने घोषणा गरेको निर्णयप्रति प्रतिक्रिया व्यक्त गर्दै आफ्नो तेलको मूल्य सीमित गर्न सहमत भएको थियो ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले इटालीका प्रधानमन्त्री मारियो ड्राघीको कदमलाई समर्थन गर्दै रूसबाट पाइपलाइनमार्फत् आयात हुने ग्यासको मूल्यमा सीमा तोक्ने समय आएको बताएकी छन् ।
‘युरोपियन युनियनमा आपूर्तिको विविधिकरणका लागि धन्यवाद, ग्याँस भण्डारण हाल लगभग ८० प्रतिशतको हाराहारी छ’, जेन्टिलोनीले भने । उनले ब्रसेल्सले हालैका महिनामा धेरै काम गरेको तर अहिले अझ धेरै गर्न सम्भव भएको बताए ।
यसको उद्देश्य “आर्थिक हतियारप्रयोग गरेर युक्रेनमाथिको आक्रमणविरुद्ध काम गर्ने युरोपको संयुक्त रणनीति पछ्याउनु हो,” उनले भने ।
उनले थप भनेका छन्–‘हामी युद्धमा भाग लिइरहेका छैनौं, हामी सैन्य वृद्धिमा भाग लिइरहेका छैनौं । तर, युक्रेनलाई समर्थन गरिरहेका छौं । अब हामीले यसलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने छ ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५