सोमबार, पुष २९, २०८१
18:03 | २३:४८

आर्थिक मन्दीतर्फ जर्मनी, निर्यातमा ह्रास

रासस/एएफपी सेप्टेम्बर ३, २०२२

तस्बिर एपी

फ्रयाङ्कफर्ट, १८ भदौ–जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्यांकले देखाएको छ ।

संघीय तथ्यांक एजेन्सी (डेस्टाटिस) को मौसमी समायोजित तथ्यांकअनुसार जर्मनीले अगष्टमा देशले एक सय ३१ दशमलव तीन अर्ब युरो अर्थात् एक सय ३१ दशमलव चार अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जुन जूनको तुलनामा दुई दशमलव एक प्रतिशत कम हो ।

यो सूचक गत वर्षको जुलाईको तुलनामा १४ दशमलव तीन प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन पाँच दशमलव चार अर्ब युरोमा सकारात्मक छ ।

मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असरले लामो छायाँ पार्दा मुलुकको निर्यातमा आधारित अर्थतन्त्रको दृष्टिकोणप्रति व्यवसायहरू निराशावादी बन्दै गएका छन् ।

जर्मनीको इफो इन्स्टिच्युटले हालै देश ‘मन्दीको संघारमा’ पर्नसक्ने चेतावनी दिएको थियो ।

“विश्वव्यापी आपूर्ति शृङ्खलामा चाप, भूराजनीतिक जोखिम र बढ्दो उत्पादन लागत यस नयाँ प्रवृत्तिको पछाडिका स्पष्ट संवाहकहरू हुन्,” आइएनजी बैंकका म्याक्रो कास्र्टेन ब्रेजेस्कीले भने ।

युक्रेनमा आक्रमण गरेदेखि नै प्रतिबन्धको चपेटामा परेको रुसमा जर्मनीको निर्यात जुलाईमा १५ दशमलव एक प्रतिशतले घटेर एक दशमलव शून्य अर्ब युरोमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५ दशमलव एक प्रतिशतले कम हो ।

जर्मनीको सबैभन्दा ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिकाको निर्यात १३ दशमलव सात प्रतिशतले घटेर १२ दशमलव तीन अर्ब युरोमा झरेको छ भने चीन र बेलायततर्फको निर्यातमा पनि गिरावट आएको छ ।

जर्मनीको अर्थतन्त्र अप्रिल र जुनको बीचमा स्थिर रहेको र शून्य प्रतिशतको वृद्धि दर हासिल गरेको यहाँको आधिकारिक तथ्यांकले देखाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू