बुधबार, माघ २, २०८१
00:10 | ०५:५५

एनआरएनए यूकेको महिला सचिवमा प्रमिला मनोनित

नेपाली लिङ्क अगस्ट ३०, २०२२

एनआरएनए यूकेको महिला सचिवमा प्रमिला लाबुङ राई मनोनित भएकी छन् । एनआरएनए यूकेको विधानको धारा २०, उपधारा १२ र १३ बमोजिम उनलाई कार्यकाल २०२१ – २०२३ कार्यसमितिका लागि मनोनित गरिएको अध्यक्ष प्रेम गाहामगरले जनाएका छन् ।  

‘गैर-आवासीय नेपाली संघ यूके अभियानमा यहाँले विगत देखि पुरयाउंदै आउनु भएको निरन्तर योगदानको मुल्यांकन गर्दै महिला सचिव मनोनित गरिएको खबर सुनाउन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ’, अध्यक्ष गाहामगरले भनेका छन् – ‘मलाई आशा छ, तपाईंले यो निर्णयको कदर गर्नु हुनेछ र आगामी दिनहरुमा पनि यहाँले आफ्नो भूमिका र योगदानलाई अविच्छिन्न कायम गर्नु हुनेछ ।’

उनले संघको जिम्मेवारी स्वीकारी दिएकोमा धन्यवादसहित वधाई तथा सफल कार्यकालको कामना पनि गरेका छन् ।

नम्रता घले महासचिव भएपछि रिक्त महिला सचिवमा प्रमिलालाई ल्याइएको हो ।  

इलामको सूर्योदय नगरपालिका ११ मा जन्मिएर हाल बेलायतको फार्नबरोमा बस्दै आएकी प्रमिलाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक (पत्रकारिता) गरेकी छन् । बेलायतको बुपा डेन्टल केयरमा हेड नर्सको रुपमा कार्यरत राईले यूकेबाट नेशनल डिप्लोमा इन डेन्टल नर्स गरेकी छन् । 

खेलकुदमा समेत चासो राख्ने उनी दार्जिलिङ डिस्ट्रिक टिमको हक्की खेलाडी थिइन् र वेष्ट बङ्गाल च्याम्पियनशिपमा सहभागी भैसकेकी छन् । उनले करिव ७ वर्ष एडमिन अफिसर तथा कार्यक्रम प्रस्तोताको रुपमा रेडियो बीजीडब्लुएसमा काम गरेकी छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज  यूके) को सल्लाहकार तथा निवर्तमान अध्यक्ष राई इलाम समाज बेलायतको अध्यक्ष, नेपाल पत्रकार महासंघ यूके र ग्रेटर रशमोर नेपाली कम्युनिटीकी उपाध्यक्षसमेत छन् । उनी अन्य कयौं संघसंस्थामा समेत आवद्ध छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू