सोमबार, पुष २९, २०८१
11:39 | १७:२४

हरितालिका तीज पर्व मनाइंदै

नेपाली लिङ्क अगस्ट ३०, २०२२

लन्डन। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्व मंगलबार हर्षोल्लास साथ मनाइँदैछ। महादेवको पूजाआराधना गरी मनाइने तीज नेपाल मात्र नभइ संसारभर रहेका हिन्दू नेपाली महिलाहरूले मनाउने गर्छन्।

तीजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

सत्ययुगमा आजकै दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले व्रत बस्दा मनोकामना पूरा हुने विश्वास पनि गरिन्छ।

आजका दिन काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ।

अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ।

विदेशमा रहेका नेपाली महिलाहरुले पनि नजिकका मन्दिर वा पायक पर्ने अन्य स्थानहरुमा भेला भएर सामूहिक पूजाआजा एवम् नाचगान गर्ने गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू