शनिबार, मंसिर १५, २०८१
06:36 | १२:२१

एक अर्ब ११ करोडको लागतमा बुटवलमा बन्यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

रासस अगस्ट २७, २०२२

बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा निर्माण गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर- रोशन सापकोटा/ रासस

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गरेका छन् ।

संघीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोहबीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो ।

सहरी विकास मन्त्रालयको रु एक अर्ब ११ करोडको लागतमा दुई चरणमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू