मंगलबार, मंसिर ११, २०८१
09:35 | १५:२०

भारतमा एकै परिवारका छ जना मृत अवस्थामा

रासस-एएनआई  अगस्ट २६, २०२२

अम्बाला, १० भदौ –भारतमा शुक्रबार एउटै परिवारका छ जना मृत अवस्थामा भेटिएका छन् ।

देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन ।

घटनामा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानबाट उनीहरुको आत्महत्या भएको आशंका गरिएको छ ।

प्रहरी उपनिरिक्षक जोगिन्दर शर्माले घटनाका बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए ।

उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ । घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरुका निकटस्थसंग बयान लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू