बुधबार, माघ २, २०८१
06:32 | १२:१७

ह्याम्प्सायर एकाउन्टेन्टसको नयाँ शाखा विस्तार

नेपाली लिङ्क अगस्ट २४, २०२२

लन्डन । बेलायतमा नेपालीद्वारा सञ्चालित ‘ह्याम्पसायर एकाउन्टेन्टस्’ ले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । वेष्ट लन्डनको हिथ्रो एअरपोर्ट, हन्स्लो, फेल्थाम आसपासमा बसोवास गर्दै आएका नेपाली लगायत एशियनलाई मध्यनजर गर्दै नयाँ शाखा विस्तार गरिएको ‘ह्याम्पशायर एकाउन्टेन्टस्’ का निर्देशक भाइराजा थापाले जनाए । फर्मले हाल फार्नबरोमा रहेको शाखाबाट एकाउन्टिङ सम्बन्धि सेवा प्रदान गर्दै आएको छ 

लण्डनको हानवर्थमा खोलिएको नयाँ शाखामा एमबीए (फाइनान्स एण्ड मार्केटिङ) पढेकी श्रीषाले एकाउन्टको जिम्मेवारी सम्हाल्नेछिन् ।

घरभाडा सम्बन्धि सरकारको नियमानुसार ट्याक्सलगायत आवश्यक विभिन्न सेवा प्रदान गरिनुका साथै ट्याक्ससम्बन्धि निशुल्क प्रारम्भिक परामर्श दिइने र सेवा उपभोग गरेमा न्यूनतम शुल्क लिइने थापाले बताए । 

नेपालीहरुको बाक्लो वस्ती रहेको उक्त क्षेत्रमा भारत, श्रीलंका, बंगलादेश लगायत समुदाय छ ।

विगत लामो समयदेखि एकाउन्ट व्यवसायमा आवद्ध थापाले आफ्नो कम्पनीमार्फत नेपालीलगायत अन्य थुप्रै मुलुकका नागरिकलाई सेवा सुविधा प्रदान गर्दै आएका छन् । उनले नेपालीका थुप्रै सामाजिक गतिविधिमा समेत सहयोग पुरयाउंदै आएका छन् ।

बेलायतमा प्रदर्शन गरिएको  भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ लाई सहयोग गर्ने उद्देश्यले बेलायतमा हुने फिल्म प्रदर्शनीका लागि समेत उक्त फर्मले प्रायोजन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू